महिला विश्वकप छनोटमा नेपालले युएईलाई हरायो

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको छ।

नेपालले शुक्रबार भएको आफ्नो तेस्रो खेलमा युएईलाई ७ विकेटले पराजित गरेको हो। जारी प्रतियोगितामा युएईले यसअघिका तीन खेलमा लगातार जित हात पारेको थियो। हारपछि पनि युएई ६ अंक जोडेर अंक तालिकाको पहिलो स्थानमै छ। नेपाल भने ४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ।

अब नेपालले फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङले खेलिरहेका छन्। राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेता आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।

Share with friends

Leave a Reply

Your email address will not be published. Required fields are marked *